कञ्चनपुरः कञ्चनपुर कञ्चनपुरमा एक जनाको घरबाट नगद सहित सुनका गहना चोरी भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्ने खगेश्वरी बोहराको घरबाट नगद सहित सुनका गहना चोरी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बोहराको घरबाट २ तोला बराबरको सुनका गरगहना र नगद १० हजार रुपैयाँ गरी करिब ३ लाख १० हजार रुपैयाँ बराबरको धनमाल सोमवार राति चोरी भएको हो। चोरीमा संलग्न व्यक्तिको खोजि भइरहेको प्रहरीले जनाएको छ।