धनगढी । देवताका धामी कापेर बालुवा खाने घटाल बाबाको जाँत मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष वैशाख २ गते हुने प्रशिद्ध एवं शक्तिशाली मानिने घटाल बाबाको विशुजाँत मेला मङ्गलबार सम्पन्न भएको हो ।
भीम र हिडम्बाका पुत्र घतोत्कचको विधिवत रूपमा पूजाआजा हुने घटालथानमा जाँत हुने गरेको छ । अमरगढी नगरपालिका ३ डोटी खोलामा रहेको घटालथानमा पूजाआजा पछि घटाल बाबाका धामी कापेर बालुवा खाने गर्नुहुन्छ । घटाल बाबा एवं घटोत्कचको शक्ति प्रदर्शनका रूपमा देवताका धामीले बालुवा खाने गरेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण बोहराले बताए ।
उनका अनुसार घटालको देउवा आभूषणसहितको डोली, शङ्ख, घण्टा, नेजाध्यजा० महाकाली नदीको परशुराम धाममा स्नान गरिन्छ । पहिले घटालका धामिले सात सुप्पा ९करिब डेढ कुन्टल० बालुवा खाने भएकाले एक स्थानमा सात सुप्पे भन्ने स्थान नै नामाकरण गरिएको उहाँले बताए । हालभने देवताका धामी कापेर थोरै भएपनि बालुवा खाने गरेको देख्न सकिने उहाँले जानकारी दिए ।
घटाललाई असिग्राम देवताको द्धारपालका रूपमा लिइन्छ । उनले भने ूघटालका चार वटा द्वारपालका मन्दिर यस क्षेत्रका चार वटा ठाउँमा रहेका छन् । घटाल देवताका धामीसँगै द्वारपाल र मसानीका धामिले बालुवा खाने गरे ।
किंवदन्ती अनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।