धनगढी: कैलालीको नहरमा डुबेर बेपत्ता भएकि बालिकाको शव फेला परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दिर्घ वादीकी ९ वर्षीया छोरी खुसी वादी सोमबार बेपत्ता भएकि थिइन् । उनि बल्चौर स्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् ।
उनको शव आज रानिजमरा सिचाई आयोजनाको अमरावती नहरमा भेटिएको छ । उनि डुबेका साथी लाई बचाएर आफू बेपत्ता भएकी थिइन् । बस्ती क्षेत्रको नहरमा तार जाली लगाउन स्थानीयले माग गरेका छन् । यस अघी नहरमा डुवेर ३ जनाले गुमाएका छन् ।