धनगढी: लायन्स क्लब अफ धनगढी ग्रीन सिटी र लायन्स क्लब लखिमपुर उपकार बीचको क्लब ट्युनिङ्ग कार्यक्रम सम्पन्न भएको छ। दुवै क्लबबीचको मित्रता, सद्भाव, सेवा भावना तथा आपसी समझदारीले दुई देशबीचको साङ्गठनिक सम्बन्ध मात्र नभई सामाजिक उत्तरदायित्वलाई समेत थप सुदृढ बनाइरहेको जानाइएको छ।
२०२५ अप्रिल १२ का दिन भारतको उत्तर प्रदेशस्थित लखिमपुर मा सम्पन्न कार्यक्रममा नेपालबाट उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ट्युनिङ कोर्डिनेटर लायन देवराज ओझा, सिनियर लायन Honory District Advisor MJF डा. हेमराज पन्त, District Executive Chief MJF , लायन कैलास दाहाल, लायन्स क्लब अफ धनगढी स्टार का अध्यक्ष लायन प्रकाश जोशी, लायन्स क्लब अफ धनगढी इन्नोभेटिभ का प्रथम उपाध्यक्ष लायन सुशील अग्रवाल, साथै सहभागी सबैलाई लायन्स क्लब अफ धनगढी ग्रीन सिटीका अध्यक्ष पदम बिक्रम सिहंले धन्यवाद दिएका छन् । यस ऐतिहासिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सशक्त, प्रभावकारी र दीगो बनाउँदै लैजाने उनले प्रतिबद्धता गरे ।