धनगढी । धनगढी जेसीजले आयोजना गरेको ११ औ संस्करणको ‘चैतन्या धनगढी दौडिन्छ २०२५’ हाफ म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले हात पारेका छन् ।
उनले २१ दशमलब एक किलोमिटरको दूरी एक घण्टा तीन मिनेट २१ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उनले उपाधिसंगै ७५ हजार रकम हात पार्न सफल भए ।
यस्तै, सोही क्लबका राजन रोकायाले निर्धारित दूरी एक घण्टा छ मिनेट सात सेकेण्डमा पूरा गरि द्धितिय बन्न सफल भएको आयोजक धनगढी जेसिजका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । उपविजेता रोकायाले ५० हजार नगद पाउन सफल भएको भट्ट्ले बताए ।
एक घण्टा १० मिनेटमा निर्धारित दुरी पार गर्दै आर्मीका नरेन्द्रसिंह रावत तेस्रो बन्न सफल भए । उनलाई आयोजकले नगद २५ हजार रुपैयाँ प्रदान गरेको कार्यक्रम संयोजक दीपक गौतमले जानकारी दिए ।
यस्तै आयोजकले तीन विधामा गरेको हाफ म्याराथुनको कर्पोरेट महिलातर्फको विद्यामा लक्ष्मी भट्ट प्रथम, कमला बडवाल द्धितिय र शान्ता वली तृतिय भईन भने पुरुषतर्फको विद्यामा क्रमशः विक्रम पार्की, देवेन्द्र चन्द र चन्द नाथ छन् ।
उनीहरुलाई नगद सात हजार पाँच सय, उपविजेताले नगद पाँच हजार र तेस्रो हुनेले नगद दुई हजार पाँच सय प्रदान गरिएको थियो । त्यस्तै ट्राइसाइकल तर्फ सहभागी सम्पुर्णलाई पुरस्कृत गरिएको संयोजक दीपक गौतमले बताए । समापन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
लाई पुरस्कृत गरिएको संयोजक दीपक गौतमले बताए । समापन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।