धनगढी । गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्ट नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री वीर बहादुर थापासँग भेट गर्दै डिडीसी ९दुग्ध विकास संस्थान० अत्तरियामै राख्न माग गरेको छ।
भेटका क्रममा मेयर भट्टले डिडीसी सार्न नहुने आवश्यकता औंल्याउँदै, संस्थानलाई आवश्यक पर्ने जमीन गोदावरी नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता जनाए।
प्रतिनिधिमण्डलमा प्रदेश सांसद तथा अर्थ राज्यमन्त्री प्रकाश बम, सांसद तुलसी देवकोटा, खेमा बिष्ट, जानकी कुवर पौडेल, युवा नेता आगो लगायतको उपस्थिति थियो। उनीहरूले डिडीसी अत्तरियामै राख्नुपर्ने र धनगढी सार्न नहुनेमा जोड दिए।
कृषि मन्त्री थापाले विषय गम्भीर रहेको बताउँदै सरोकारवालासँग विस्तृत छलफलपछि निर्णय हुने बताए। यसअघि पनि प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, युवा नेता तथा चेतना सामुदायिक बनका प्रतिनिधिहरूको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएको थियो।
ज्ञापन बुझाउने टोलीमा राज्यमन्त्री बम, सांसद दिर्घ सोडारी, देवकोटा, बिष्ट, पौडेल, नगर प्रवक्ता गोपाल दत्त भट्टलगायत सहभागी थिए। मुख्यमन्त्री शाहले संघीय र प्रदेश कृषि मन्त्रीसँग छलफल गरी उचित निर्णय लिने आश्वासन दिएका छन्।