धनगढी : नयाँ वर्ष २०८२ लाई हर्षोल्लासका साथ स्वागत गर्न आज साँझ धनगढीमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुँदैछ। युक्तीत प्रोडक्सनको आयोजनामा हुने ‘नयाँ तरङ्ग नववर्ष उत्सव’ आज साँझ ६:०० बजेदेखि राति १२:०० बजेसम्म धनगढी उपमहानगरपालिका–२ स्थित रुबस होटलमा सञ्चालन हुनेछ।
“सपना नयाँ, सफलता नयाँ” भन्ने नारासहित आयोजना गरिएको यो कार्यक्रम सुदूरपश्चिमको संगीत, नृत्य र संस्कृतिलाई उजागर गर्ने उद्देश्यले गरिएको हो।
कार्यक्रममा द भोइस अफ नेपाल का उत्कृष्ट १० मा पर्न सफल गायक आशीष चापागाईं को मुख्य प्रस्तुति रहनेछ। साथै, ब्याण्ड सोच, फ्युजन मोक्ष्य, कमल रेग्मी, बिक्रम पार्की र बोब द बिल्डर जस्ता कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।
यो कार्यक्रम युक्तीत संस्था र संगीत सौगात बालविङ्गद्वारा आयोजना गरिएको हो। नेपाली देउडा संगीतका प्रसिद्ध गायक तथा राष्ट्रिय कलाकार नरेन्द्र राज रेग्मीको संरक्षणमा क्रियाशील युक्तीत संस्था सांस्कृतिक संरक्षण र सिर्जनशीलताको प्रवर्द्धनमा लागिपरेको छ।
कार्यक्रमको विशेषता :
यो कार्यक्रम सबै उमेर समूहका लागि खुला पारिवारिक उत्सव हो। संगीत, स्वादिष्ट खानपिन र रमाइलो माहोलको संगम यस कार्यक्रमको आकर्षण हो।
प्रवेश शुल्क :
जोडी वा परिवारका लागि : रु १०,०००
(अनलिमिटेड स्न्याक्स, खाना, पेयपदार्थ र सुविधासम्पन्न लार्ज बेडरुमसहित)
एकल व्यक्तिका लागि : रु १,५००
(अनलिमिटेड स्न्याक्स र कम्प्लिमेन्टरी पेयपदार्थसहित)
निचोडमा भन्नुपर्दा आजको साँझ रमाइलो बनाउने सोचमा हुनुहुन्छ भने, रुबस होटल धनगढी नछुटाउनुहोस्। जहाँ संगीत, संस्कृति र नयाँ वर्षको उमंग सँगै आनन्दित माहैलमा रमाउने अवसर छ ।