धनगढी: नेपालमा अझैँ यातायात क्षेत्रमा काम गर्ने प्रतिको दृष्टीकोण नकारात्मकनै छ । यातायात क्षेत्रमा काम गर्नेहरु परिवारनै पाल्न सक्दैनन्, झन कुलतमा फसेर आफु र अरुको घरबार समेत बिगारिदिन्छन् भन्ने भास्य अझैँ कायम छ । कतै बिवाहको प्रस्ताव लग्यो भनेपनि केटा बस चालक हो भन्दा दुलही पक्षले मुख खुम्च्याइहाल्छन् । र त्यो प्रस्ताव सोझै अस्वूकृत हुन्छ । बिवाहका लागी मात्रै होइन अन्य बिभिन्न क्षेत्रमा सवारी चालकका रुपमा काम गर्ने ब्यक्तीलाई हेर्ने नजर फरक छ । सरकारी तथा गैर सरकारी कार्यालयहरुमा सवारी चालकको मर्यादाक्रमनै पछाडी हुन्छ । किनकी सवारी चालकले धुलो, धुवाँ अनी कालो मोसो सित काम गर्नुपरेको हुन्छ र उ सधैँ चिटिक्क बनेको हुँदैन । त्यही कारण बाहिरि लुगा कपडा हेरेर पनि मानिसको ब्यक्तित्व बारे गलत अनुमान गर्ने परिपाटी कायम छ ।
युवाहरु अहिलेपनि यातायात क्षेत्रमा काम गर्ने भन्दा भारत एवं अन्य बिदेशतिर हानिने गर्छन् । तर यातायात क्षेत्रको कामपनि सही अनी सम्मानजनक काम हो भनेर कसले भनिदिने, यि यस्तै उदाहरण थुप्रै छन् । तर कैलालीका एक युवक यही यातायात क्षेत्रमा बषौँसम्म धुलो, माटो, कालो मसो सित खेल्दै सफल भएका छन् । यि युवक सफलताका एक उदाहरण हुन् ।
उनि हुन् हाल कैलालीको गोदावरी नगरपालिका ५ गेटामा बस्दै आएका अमर बहादुर बिष्ट । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ (तत्कालिन बाशुलिङ्ग गा.बि.स वडा नम्बर २) ग्वानीमा २०४७ साल ८ महिना १९ गते जन्मिएका अमर घरका कान्छा सुपुत्र हुन् । बुवा लाल बहादुर बिष्ट र आमा नन्दादेवी बिष्टका कान्छा छोराका रुपमा अमरले जन्म लिएका थिए । अभाव र समस्या सगं झेल्दै आएका आमा बुवाकहाँ अमर थप एक सदस्यका रुपमा परिवारमा प्रवेश भए । चार दाजुभाई मध्ये उनि कान्छा भाइ थिए । बुवा र आमाले घरमा खेती किसानी काम गर्दै आएका बेला उनि भन्दा अघीका ३ दाई र अन्य दिदिहरुपनि बुवा आमालाई सक्दो घरको काम र कृषीमा सघाउने काम गर्थे । ठुलो परिवार हुँदा कहिले काँही खान लाउनै मुस्किल पर्ने स्थितीका बिच अमरले घरमा जन्म लिएका थिए । गरिबको घरमा जन्म लिएपछि गरिबि र अभावको समस्या उनलेपनि भोग्नै पथ्र्यो ।
न्युन आयश्रोत भएका कारण जन्म सगैं अभावका दिन उनका शुरु भए । मन लागेको न लाउन पाए, न खाननै । जेनतेन परिवार पालिरहेका बुवा लाल बहादुरलाई छोराछोरी पढाउनपनि समस्यानै थियो । ५÷६ जना छोराछोरीलाई पढाउनै मुस्किल परेका बेला जेनतेन सामान्य शिक्षा दिने प्रयास थालिरहेका थिए । यसैबिच अमरको बिद्यालय जाने उमेर भयो । घरबाट टाढा बिद्यालय जानुपर्ने त्यसैमा बिभिन्न समस्या थियो । तर पनि अमरको औपचारिक शिक्षा भने शुरु हुने भयो । तत्कालिन बाशुलिङ्ग गा.बि.स वडा नम्बर २ अर्थात हालको सुर्नाया गाउँपालिका २ मा रहेको नेपाल राष्ट्रिय प्रार्थमिक बिद्यालयबाट अमरले औपचारिक शिक्षाको प्रारम्भ गरे । कक्षा ५ सम्मको पढाई सोही बिद्यालयमा सकेका अमरले त्यसपछिको शिक्षा आर्जनका लागी जिल्लानै छोड्नुपर्ने स्थिती आयो । त्यतिबेला अमरकी आमा नन्दादेवी बिष्टको स्वर्गारोहण समेत भइसकेको थियो । सानै उमेरमा आमा गुमाएका अमरले राम्रो सगं आमाको मायापनि पाएनन् । अभाव र पिडाकै बिच उनको परिवार त्यो गाउँबाट बसाई सरेर डडेल्धुरा तिर हिन्यो ।
ग्वानी गाउँबाट बसाई सरी २०५८÷५९ साल तिर अमरको परिवार डडेल्धुरा जिल्लाको जोगबुढा गा.बि.स वडा नम्बर ७ (हालको परशुराम नगरपालिका १०) मा पुग्यो । भित्रि मधेसका रुपमा चिनिने जोगबुढा क्षेत्रमै स्थाई रुपमा गर्ने निधो गरेको अमरको परिवार सोही ठाउँमा बस्यो । जन्म स्थानमा कक्षा ५ सम्मको शिक्षा आर्जन गरेका अमरले बसाई सरी आएको जोगबुढामा कक्षा ६ को अध्यायन शुरु गरे । जोगबुढामा रहेको श्री सीताराम माध्यमिक बिधालयबाट कक्षा ६ को अध्यायन शुरु गरेका उनले सो बिद्यालयबाट कक्षा ८ सम्मको पढाई सम्पन्न गरे । अभावै अभावका बिचपनि उनले औपचारिक शिक्षालाई निरन्तरता दिने योजना भनाइरहेका थिए । यतिबेला अमरका दाइ डोटीको दिपायलमा जागिर गर्दै आएका थिए ।
काम नगरेर पढ्न सकिने स्थिती नदेखेपछि दाइले अमरलाई काम सगैं पढ्न सुझाएका थिए । त्यसपछि होटलमा काम गर्दै पढ्ने योजना सहित उनि जोगबुढाबाट दिपायल गए । दिपायल राजपुरमा रहेको बाशुलिङ्ग होटेलमा काम शुरु गरेर अमर सोही ठाउाको दिल्पेस्वर माध्यमिक बिधालयमा भर्ना भए । कक्षा ९ मा भर्ना भएका अमर बिहान र बेलुका बिद्यालय जान्थे । दुई सिप्टमा बिद्यालय सञ्चालन भएपछि उनले दिउँसो काम गर्ने र बिहान बेलुका बिद्यालय जाने गरे । जोगबुढाबाट दिपायल झरेर काम सगैं आफ्नो अध्यायनलाई निरन्तरता दिइरहेका अमरलाई त्यहाँको गर्मि अशह्य भयो । बिहान स्कुल, दिउँसो काम अनी साझँ स्कुल जानुपर्ने अनी दिपायलको घामले उनलाई निकै सतायो । केही महिना आफ्नो सघंर्षलाई निरन्तर जारी राखेका अमरले गर्मि सहनै नसक्ने स्थितीमा पुगेपछि पढाई छोड्ने निधो गरे । दिपायलमा गर्मिका कारण पढाई सगैं कामपनि छोडेर घर फर्केका अमर अब केही काम गर्नुपर्छ भन्ने मनसायमा पुगे ।
यतिबेला उनका अर्का दाइले धनगढीमा सामान्य ब्यवसाय गर्दै आएका थिए । अब दाई सगैं धनगढी झर्ने उनले निधो गरे । र नभन्दै कैलालीको तत्कालिन गेटा गा.बि.स वडा नम्बर २ मा उनले कुखुरा फर्ममा काम थाले । कुखुरा फर्ममा काम गर्दै गर्दा फेरी स्कुल पढ्ने उनको योजना बन्यो । एक बर्षजती कुखुरा फर्ममा काम गरेपछि उनले सामान्य रुपमा भएपनि आफ्नै फर्म सञ्चालन गरे । यस सगैं औपचारिक शिक्षालाई रोक्नुहुन्न भन्दै उनले कुखुरा फर्मको काम सगैं शैक्षिक यात्रालाई अगाडी बढाए । उक्त कुखुरा पालन सङ्गै धनगढी उपमहानगर पालिका वडा ३ बोराडाँडीमा रहेको त्रिभुवन माध्यमिक बिधालयमा ९ कक्षा मा भर्ना भए । कक्षा ९ मा रजिस्टेसन फर्म भरेको स्कुलबाटै अध्यायन र कक्षा १० को पढाइपनि गर्नुपर्ने त्यतिबेलाको बाध्यात्मक ब्यवस्थाका कारण अमरले कैलालीबाट माध्यमिक तहको शिक्षा आर्जन गर्न पाएनन् । उनि फेरी डडेल्धुरातिरै फर्के । फेरी परिवार बस्दै आएको ठाउँ जोगबुढा फर्केका अमर हालको परशुराम नगरपालिका १० मा रहेको श्री सीताराम माध्यमिक बिधालयमा भर्ना भए । सोही ठाउँबाट उनले एस.एल.सी पास गरे । जोगबुढाबाट जिल्ला सदरमुकाम डडेल्धुरा गएर उनले एस.एल.सी को परिक्षा दिए । त्यसपछि विदा भयो र अमर कैलाली झरे ।
त्यतिबेला दुई जना दाइहरु कैलालीमा बसाइसराई गरेर बस्न थालिसकेका थिए । यति मात्रै नभएर उनका एक दाइले धनगढी देखी महेन्द्रनगरसम्म चल्ने बस चलाउन थालेका थिए । परिवार सगैं बसेर अमरले उच्च शिक्षा अध्यायन गर्ने निधो गरे । तत्कालिन गेटामा रहेको सरस्वती नमुना उच्च माध्यमिक बिधालयमा मानबिकी संकाय लिएर उनले उच्च माध्यमिक तहको पढाई शुरु गरे । प्रबिणता प्रमाणपत्र तहको अध्यायन सगैं अमर दाइको बसमा हेल्पर भएर काम गर्न थाले । सगं सगैं कक्षा १२ पनि उनि पास भए । लगभग ३ बर्ष सम्म हेल्परको काम गरेका उनि कक्षा १२ पास पछि स्नातक तहको अध्यायनका लागी कैलाली बहुमुखी क्याम्पस भर्ना भए । कैलाली बहुमुखी क्याम्पसमा मानविकि सकांय लिएर पढाई शुरु गरेर बस चालकको पेषा शुरु गरे । दाई सगैं हेल्पर गरेर चालक अनुमतीपत्र बनाइसकेका अमरले धनगढी स्थित कैलाली मोडेल स्कुलको बस चलाउन शुरु गरे । जुन उनकै दाइले धनगढी–महेन्द्रनगर सम्म सञ्चालन गरेको बस थियो । सो बस कैलाली मोडेल स्कुलले किनेपछि अमरले सोही बस चलाउन थाले । ५ हजार मासिक पारिश्रमिक लिएर सो बस चलाएका अमरले एक बर्षसम्म त्यहाँ काम गरे । छोड्दासम्म ५ हजार ५ सय रुपयाँ मासिक पारिश्रमिक पुगेको थियो । बस चलाउने बेला एकजना युवतीसगं प्रेममा परेका अमरले प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरे ।
सघंर्षकै बिच बिवाह गर्नुपरेपछि उनको टाउकोमा थप जिम्मेवारी थपियो । त्यसपछि पढाइलाई समेत सिमित राखेर अब रोजगारी तर्फ उनि दौडिए । त्यसपछि गेटा ५ मा रहेको न्यु मिन्सु बोर्डिङ स्कुलमा बस चालक र शिक्षकको रुपमा उनले काम थाले । कक्षा ५ सम्म पठन पाठन हुँदै आएको सो स्कुलमा दुइवटा काम गरेर जम्मा ६ हजार ५ सय मासिक पारिश्रमिक पाइन्थ्यो । पछि आएर ७ हजारसम्म उनले पारिश्रमिक बुझे । सो पारिश्रमिकले खर्च चलाउन एकदमै समस्या हुन थालेपछि उनले बिचमा सिकेको प्लमबरको सिपलाई सदुपयोग गर्न थाले । बिद्यालयमा विदा भएको दिन घर वाइरिङको काम थालेपछि उनलाई खर्च चलाउन केही सहज भयो ।
जेनतेन खर्च चलाइरहेका अमरले बिवाह गरेको दुई महिनामै अलग्गै बस्नुपर्ने परिस्थिती श्रृजना भयो । परिवार र घरबाट छुट्टै बस्नुपर्ने स्थिती आएपछि अब अमरले खान, बस्न लगायत सबै ब्यवस्था आफैले गर्नुपर्ने भयो । यतिबेला न राम्रो जागिर न बस्नलाई बासनै थियो । कस्टपुर्ण दैनिकिका बिच अमरले कुखुरा फर्ममा बसेर समेत जिवन चलाउन थाले । चार भाई अलग भएको १ बर्षपछि सम्पति भागबण्डामा अमरलाई एउटा बस प¥यो, त्यो पनि १५ लाख रुपयाँ किस्ता तिर्न बाँकी रहेको बस । सम्पतिका नाममा आएको बस लिन उनलाई निल्नुन उकेल्नु भयो । जे भएपनि किस्ता तिर्न सक्ने आँट बनाउँदै उनले भागमा परेको बस लिए । नभन्दै बस लिए र अन्तमा काम गर्दा गर्दै ब्याज सहित २२ लाख रकम बसको तिर्न भ्याए ।
उक्त बसमा अमरको निरन्तर मिहेनत रह्यो । त्यो समयमा उनलाई नत समय मा खाना नत समय मा निन्द्रा नै मिल्थ्यो । समय बित्दै गयो दुइटा छोरा पनि भए । उनिहरुको पालन पोसण को काम श्रीमति मायाले गरिन् । बस चलाएरै बिस्तारै उनले एउटा घडेरी किन्न भ्याए । त्यसपछि दुई कोठे घर बनाएर सोही घरमा अमर बसाई सरे । शसुरालीले उउटा खोका दिएपछि सो घरको अगाडी अमरकी श्रीमतीले सामान्य पसल शुरु गरिन् । बिस्तारै सोही ब्यवसायबाट घर खर्च चल्न थाल्यो । बिस्तारै उनि घर पनि जोड्दै गए र चार कोठे भयो र उक्त पसल पनि घरमा नै सारियो ।
कोरोनाका बेला यातायात ठप्प भएपछि अमरले घरमै दिन काट्नु परेको थियो । सो बेला उनले घरको माथी एक तला थपे । काल उनि दुई तल्ला को घर बनाउन सफल भए । अलि अलि अलि खेतीपाती गर्न का लागि उनले जमिन खरीद गरे । अहिले अमर गाडी, घर र जमिनका मालिक छन् । घरमा राम्रै पसलपनि छ । उनि आफै बस चलाउँछन् भने यसका साथै घर वाइरिङ्ग पलम्बिङको काम पनि गर्दै आएका छन् । घरमा बिजुली लगायत किराना पसल राखेका छन् । मासिक १ लाख बढी कमाई गरिरहेको उनको परिवारले राम्रो जिवन जिउन पाएका छन् । आम्दानी जस्तै खर्चपनि बढेकै छ । दुई छोराहरुको स्कुल खर्च, बिमा, कापी, किताब लगायत आफ्नो खर्चपनि उत्तिकै छ । तैपनि जिवनलाई सहज रुपमा अगाडी बढाइरहेका छन् ।
जिवनलाई राम्रो तरिकाले अगाडी बढाइरहेपनि पछिल्लो समय प्रा.ली का कारण यातायात क्षेत्र तहसनहस भएको उनि बताउछन् । यात्रु भन्दा गाडी को संख्या बढी हुदा यातायात को कमाइ कम भएको र कमिसन का भर मा इभि गाडी हरु भित्रिदा यातायात क्षेत्रमा आकर्षण घटेको उनि बताउछन् । बिगत १५ बर्ष देखि सन्चालन गर्दै आएको बस मा उनले ब्यक्तिगत तर्फ बाट आफुले चल्ने रुटमा एक सिट जेष्ठ नागरिक लाई निशुल्क दिदै आएका छन् । यस्तै अन्य सामाजिक कार्यमापनि उनको सक्रियता कायम छ । बैतडी दार्चुला एकता समाज गेटाको सचिब भएर विभिन्न किसिम का कार्य गर्दै आएका उनि विभिन्न श्रमिक आन्दोलनमापनि सक्रिय छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बस इकाइ प्रदेश कमिटी सदस्य एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को युवा कमिटी प्रदेस अध्यक्ष भएरपनि काम गरिरहेका छन् ।
सफल हुन मानिसले ठुलो सघंर्ष र त्याग गर्नुपर्ने अमर बताउछन् । बिदेश भनेर तम्सिनुभन्दा स्वदेसमै रोजगारी एवं ब्यवसाय गरी आफ्नो मेहेनत आफ्नै माटोमा प्रयोग गर्न उनको सुझाव छ ।