धनगढी । कर्णाली नदीमा बगिरहेको अवस्थामा एक जनाको शव फेला परेको छ । लम्कीचुहा नगरपालिका-३ को चिसापानीमा शनिबार दिउँसो बगिरहेको अवस्थामा अन्दाजी ५२ वर्षको पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले शव बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले उक्त शव निकालेको थियोे । कालो रंगको कट्टु र खैरो रंगको सर्ट लगाएका उनको सनाखत भने हुन सकेको छैन् ।