धनगढी: बैतडीको सुर्नया गाउँपालिकाको नेतृत्व अहिले अम्मर बहादुर कुवँरले गरिरहेका छन् । २०७९ सालको स्थानिय निर्वाचनमा एकिकृत समाजवादीका नरेन्द्र बिष्टलाई झिनो मतले पराजित गर्दै उनि सुर्नया गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस अघी कुवँर शिक्षण पेषामा थिए । अस्थाई शिक्षक भएर लामो समय काम गरेका कुवँर स्थानिय तहको निर्वाचनमा एमालेबाट उमेदवार बने । र झिनो मतले अध्यक्षमा निर्वाचित भएका हुन् ।
लामो समय शिक्षण पेषामा आवद्ध रहेका कुवँरले आफ्नो गाउँपालिकाको शिक्षा सुधार गर्न सकेका छैनन् । गत बर्षको एसईई परिक्षामा जिल्लामै पुछारमा सुर्नया परेको छ । गत बर्ष बैतडीका १८ बिद्यालय एस ई ई परिक्षामा निल आएका थिए । ति मध्ये सुर्नया गाउँपालिकाका मात्रै ६ बिद्यालय थिए । निल आउनेमा राष्ट्रिय मा.बी फाटिगाडा, कैलपाल मा.बी झड्बो, केदार मा.बी कठमडा, राष्ट्रिय मा.बी ग्वानी, सिगास मा.बी मुसे र उदयदेव मा.बी पालिगाडा थिए । १२ बिद्यालय रहेको सुर्नयामा ६ बिद्यालयको नतिजा निल आएको थियो ।
१२ बिद्यालय मध्ये ६ बिद्यालयको नतिजा निल आएपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत जनप्रतिनिधीको आलोचना बढेको छ । यसमा सबैभन्दा बढी आलोचना अध्यक्ष कुवँरको भइरहेको छ । आफै पुर्व शिक्षक भएर पनि शिक्षामा झन उधो गती लागेको भन्दै आम नागरिकले गाउँपालिका अध्यक्ष कुवँरको ध्यानाकर्षण समेत गरेका थिए ।
यस पटक भने गाउँपालिकाका १३ बिद्यालय एस ई ई परिक्षामा सहभागी भए । ति बिद्यालयका ३ सय ८४ जना बिद्यार्थीले एसईई परिक्षा दिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेस कुवँरले जानकारी दिए । बिगतमा ६ बिद्यालय निल आएपनि यस पटक त्यो भन्दा नतिजा सुधार हुने उनको भनाई थियो ।