धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ५ पवेरामा रहेको बोण्ड इङलिस बोर्डिङ स्कुल गाउँपालिका स्तरीय बोर्ड परीक्षामा उत्कृष्ट विद्यालय हुन सफल भएको छ । गाउँपालिका स्तरीय बोर्ड परीक्षामा बोण्ड इन्लिस बोडिङ स्कुल बाट ९१ प्रतिशत विद्यार्थी पास भएका छन् ।
बोण्ड इन्लिस बोडिङ स्कुलका प्रमुख तिलक बोहराले २२ जना सहभागी परिक्षार्थी मध्ये २० जना पास भएको बताए । उनले ३.९० जिपिए ल्याएर आर्जु बोहरा गाउपालिका टप भएको बताए । विद्यार्थीलाई २१औं शताब्दीको व्यवहारिक, प्रयोगात्मक तथा सैद्धान्तिक शिक्षा प्रदान गर्ने उद्देश्यले २०६४ सालमा स्थापना भएको विद्यालयले हरेक बर्ष उत्कृष्ट नतिजा दिदै आएको बोहराले बताए ।
गतिशील तथा अनुभवी व्यक्तिहरुको समूहद्वारा सञ्चालनमा ल्याइएको यो विद्यालयमा हाल ६ सय भन्दा बढी विद्यार्थी रहेको उनले जानकारी दिए । बोहराले ग्रामिण क्षेत्रमा संञ्चालित विद्यालयले विद्यार्थीको सुन्दर भविष्यको गोरेटो कोर्न काम गरिरहेको जानकारी दिए । जीवनमा आइपर्ने विभिन्न चुनौतीको सामना गर्दै भविष्यलाई सफल तथा समृद्ध बनाउने ज्ञान तथा सीप प्राप्त गर्ने उत्कृष्ट उदेश्यका साथ आगामी दिनमा पनि विद्यालय सधै अग्रसर रहेछ , बोहराले भने केही कुरा सिक्नु जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो, यही उद्देश्य पूरा गर्न एकेडेमीले विद्यार्थीका अन्तर्निहीत क्षमता तथा प्रतिभाको पहिचान गरि आत्मनिर्भरता अनुशासन र सर्मपणको विकास गरिरहेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी बोण्ड स्कुलले उत्पादन गरिरहेको छ । अनुभवी तथा दक्ष शिक्षकहरुद्वारा अध्यापन गरिने यस विद्यालयमा भौतिक संरचना पनि स्तरीय तथा सुविधा सम्पन्न बन्न काम निरन्तर भईरहेको छ ।