धनगढी । धनगढी । कैलाली बहुमुखी क्याम्पस को स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन–२०८१ को प्रत्यक्ष प्रणालीतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा नेपाल विद्यार्थी संघ नेविसंघ का उम्मेदवार सन्तोष पन्त ८२७ मतसहित विजयी भएका छन्। पन्तले ३४ बर्ष पछि कैलाली वहुमुखी क्याम्पसमा नेविसंघका बाट जित हात पारेका छन् । यस अभि २०४७ सालमा भएको स्ववियु निर्वाचनामा नेविसंघका तपराज जोशी निर्वाचित भएका थिए ।
उनीसँग प्रतिस्पर्धामा रहेका पवन सुनार अखिल क्रान्तिकारी ले ५५८ मत प्राप्त गर्दा अनेरास्ववियुका यमराज जोशी ४२७ मतमा सीमित भए। अन्य प्रतिस्पर्धीहरूमा स्वतन्त्र विद्यार्थी एकता समूहका अम्बिका चौधरीले ९२, अनेरास्ववियूका सुनिलराज जोशीले ६८ तथा स्वतन्त्र उम्मेदवार तेजबहादुर मल्लले उल्लेखनीय मत ल्याउन सकेनन्।
सचिव पदमा पनि नेविसंघकै ओम प्रकाश वस्ती विजयी
सचिव पदमा नेपाल विद्यार्थी संघका ओम प्रकाश वस्ती ६९७ मत प्राप्त गर्दै विजयी भए। उनका नजिकका प्रतिस्पर्धी अनेरास्ववियुका किरणप्रकाश उपाध्यायले ४९८ मत ल्याएका थिए। क्रान्तिकारीका लोकेन्द्र चौधरीले ४६६, अनेरास्ववियूका खगेन्द्रप्रसाद अवस्थीले १०९, प्राज्ञिक विद्यार्थी परिषद्का लवदेव धामीले ६५ र स्वतन्त्र उम्मेदवार किशोरप्रसाद जोशीले ६८ मत प्राप्त गरे।
कोषाध्यक्षमा धर्मराज तिमिल्सिना क्रान्तिकारी को जित
कोषाध्यक्ष पदमा भने अखिल क्रान्तिकारीका धर्मराज तिमिल्सिना ६०८ मतसहित विजयी भएका छन्। नेविसंघकी प्रमिला शाह ६०४ मत ल्याएर निकै नजिकको प्रतिस्पर्धामा पराजित भइन्। अनेरास्ववियुका प्रकाश भट्टले ४९२, अनेरास्ववियूकी अंगिता चौधरीले १६३ र विद्यार्थी एकता समूहका खेमराज भट्टराईले ४३ मत प्राप्त गरे।
स्ववियु निर्वाचन समितिका अनुसार निर्वाचन सफल, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। निर्वाचन अधिकृत तर्कराज भट्टले सम्पूर्ण विद्यार्थी, उम्मेदवार तथा सहयोगी पक्षप्रति धन्यवाद व्यक्त गरेका छन्।