काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा समर्थन गर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालले यसअघि माओवादी सरकारमा नजाने बताउँदै आए पनि बिहीबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले कांग्रेसले यो सरकारको विकल्प खोज्नुपर्ने बताए ।
माओवादीले कांग्रेसले भनेअनुसार सरकारमा गएर वा बाहिर बसेर समर्थन गर्न तयार रहेको भन्दै यसमा आफ्नो स्पष्ट कुरा भएको बताए । ‘अबको कोर्ष भनेको नेपाली कांग्रेस र शान्ति सम्झौताका सहयात्रीहरु एक ठाउँमा आएर सहमति खोज्नु नै सबभन्दा राम्रो विकल्प हो । तत्कालको कुरा नेपाली कांग्रेसले विकल्प दिनुपर्छ । देशको संकटको स्थिति जस्तो देखा परेको छ । यसको निकास दिन सबभन्दा ठूलो दलको नाताले पनि, शान्ति सम्झौताको हस्ताक्षर दलको नाताले पनि, नेपाली कांग्रेसले निकास दिन आँट गर्नुपर्छ भन्ने मेरो’ इमेज टेलिभिजनका जगदीश खरेलको कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने माओवादी सहयोग गर्छ रु भन्ने प्रश्नमा दाहालले भने, ‘गर्छ । त्यो नेपाली कांग्रेसको जस्तो चाहना हुन्छ, त्यही अनुसार गर्छ । यो कुरा एकदम क्लियर हो । नेपाली कांग्रेसले बाहिरबाट सर्पोट गर्देउ भने पनि हामी तयार । सरकारमा आएर सपोर्ट गर भनेर कांग्रेसले भन्यो भने पनि उहाहरुको भनाइअनुसार हुन्छ ।’
उनले आफू प्रधानमन्त्रीको दौडमा नभएको भने बताए । ‘मचाहिँ प्रधानमन्त्रीको रेसमा ०८४ सम्म छैन । एकदम प्रस्ट हो,’ उनले थपे । उनले वर्तमान राजनीतिक कोर्स परिवर्तन गर्ने सपना नभई बिपना भएको जनाए । ‘यो सपना होइन, बिपना हो,’ दाहालले भने, ‘राजनीतिक कोर्स परिवर्तन हुन सक्छ । सरकारको नेतृत्व ठूलो पार्टी र शान्ति सम्झौता हस्ताक्षर हुनुको नाताले भनेको हो । मेरो देउवा ९शेरबहादुर० सँग विश्वास छ । देउवाले केपी ओलीजीजस्तो जालझेल गर्नुहुन्न ।’
उनले सरकार परिवर्तनको समय तोक्न नचाहने तर कुनै पनि बेला सरकार परिवर्तन हुने दाबीसहित ओली सरकार एक वर्ष नजाने बताए । ‘मलाई त्यस्तो लाग्दैन,’ उनले ओली सरकार एक वर्ष पनि जाँदैन त रु भन्ने प्रश्नमा दाहालको भनाइ थियो । उनले ओली सरकार सहज रुपमा अघि जान नसकने दाबीसमेत गरे । ‘यो सरकारको जग कमजोर भइनै सक्यो,’ उनले भने, ‘गंभीर समीक्षा गरौं । राष्ट्र र जनताको पक्षमा संविधान संशोधनको आधार खोजौं ।’
उनले अर्को गठबन्धन बन्यो भने संविधान संशोधन गर्ने समीकरण बन्ने दाबी गरे ।