धनगढीः कैलालीको टीकापुरमा सात वर्षीया बालिकामाथि करणीको आरोपमा एक किशोर पक्राउ परेका छन। जिल्लाको टीकापुर नगरपालिका–४ मा रहेकोे एक संस्थागत विद्यालयमा सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका हुन।
बलिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत किशोरलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० नवीनराजा बुढाथोकीले बालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोरलाई पक्राउ गरिएको बताए। पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीका आधारमा किशोरलाई चैत ११ गते पक्राउ गरिएको हो। प्रहरीमा चैत ६ गते सात वर्षीया बालिका माथि करण भएको भन्दै जाहेरी दर्ता भएको हो। बालिकाको योनीबाट रगत बग्न थालेपछि उनीमाथि जबरजस्ती करणी भएको खुलेको थियो।
पीडित बालिकाका परिवार स्रोतले योनीबाट रगत बगेपछि उपचारका लागि उनलाई अस्पताल लगिएको बताएको छ। चिकित्सकले चेकजाँचका क्रममा उनीमाथि बलात्कार भएको बताएपछि बालिकाले घटनाबारे विस्तृत बताएकी थिइन्। मेडिकल रिपोट र बालिकाको बयानका आधारमा उनकी आमाले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी हुन्।