बाजुराः बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको बुढीगंगा नगरपालिका–१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधवार राति चट्याङ पर्दा उनकी ९ वर्षीया छोरी दृष्टि सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दृष्टिको घटनास्थलमै मृत्यु भएको हो।