धनगढी: चैत २९ गते धनगढीमा हुने बिशेष सभालाई सफल बनाउन सबै जनसगंठनलाई पार्टी प्रदेश कमिटिले निर्देशन दिएको छ । पार्टी सुदुरपश्चिम प्रदेश कमिटिका उपाध्यक्ष एवं जनसगंठन समन्वय संयन्त्र प्रमुख कालि बहादुर शाहीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा २३ वटै जनसगंठनका ईन्चार्ज, सह ईन्चार्ज र अध्यक्षहरुलाई जनसभा भब्य बनाउन आफ्ना कमिटिलाई परिचालन गर्न निर्देशन गरिएको छ ।
सभालाई भब्य बनाउन सबै जनसगंठनलाई सक्रियताका साथ लाग्न निर्देशन गरिएको छ । धनगढी पार्कमोडमा हुने बृहत विशेष सभालाई नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शङ्कर पोख्रेल र सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतले सम्बोधन गर्ने छन् । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र अराजकताविरुद्ध एमालेले सभा गर्न लागेको हो ।
पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ ।