डोटी — सायल गाउँपालिका वडा–६ मा चट्याङ लागेर आमाको मृत्यु भएको छ भने उनका ४ जना छोराछोरी घाइते भएका छन् । बुधबार राति सायल गाउँपालिका वडा–६ बस्ने ३३ वर्षीय कमला नागरीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । घाइते हुनेमा नागरीकै १० वर्षीया छोरी तारा नागरी, उनकै छोराहरु ८ वर्षीय अभिषेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिने शंकर नागरी रहेका छन् ।
त्यहीँ ठाउँकी ४० वर्षीय तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय खुशी नागरी पनि चट्याङमा परेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा डोटीमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।