कञ्चनपुर — मेरो घर दार्चुलाको दुर्गम दुहुँ क्षेत्रमा रहेको छ । पहाडमा जन्मी हुर्केको र उतै बसोबास भएकाले तराईका धेरै कुरा थाहा थिएन । गाडी, ठूला घरका बारेमा कसैले बताउँदा पनि कहानीजस्तो लाग्थ्यो । मेरा श्रीमान् नेपाल प्रहरीमा जागिरे थिए । बिहेबारी भएपछि उहाँसँगै कञ्चनपुरको महेन्द्रनगर आएँ । यहाँ आएर कोठा भाडामा लिएर बस्न थाल्यौं । उहाँले जागिर, मैले घर सम्हालिरहेकी थिएँ । सबै कुरा ठिक चलिरहेको थियो । हाम्रो खुसी लामो समय टिकेन । मेरै कर्म खोटो हो कि १ अभागी कर्म भनेर चित्त बुझाउँछु । एक्कासि श्रीमान्ले दोस्रो बिहे गरेको खबर सुनेँ । सौतासँगै प्रहरीको जागिर छाडेर उनी पहाड फर्किए । त्यसपछि मेरा दुःखका दिन सुरु भए ।
केही दिन त के गर्ने कसो गर्ने भन्ने सोचेरै बिते । पछि आफैंले आफूलाई सम्हालेर महेन्द्रनगरका पसल र होटेलमा काम गर्न थालेँ । ज्यालाको कामले अलिकति भए पनि राहत दियो । मेरा दुई छोरा छन् । उनीहरूलाई पढाउने जिम्मेवारी थियो । महिना मरेपछि कोठा भाडा तिर्नुपर्थ्यो । भान्सामा चाहिने सबैथोक किनेरै खानु पर्ने बाध्यता थियो । आफूले जस्तो भोगे पनि छोराहरूका लागि मरेरै काम गर्नुपर्ने भयो । भाँडा माझेको कमाइले आधा महिना पनि धान्न सकेन । त्यसपछि सबै काम छाडेर डेढ वर्षदेखि ठेलामा चटपटे बेचिरहेकी छु । जेठो छोरा अक्षर चिन्ने भएपछि काम खोज्दै भारतमा कमाउन गएको छ । कान्छो छोरा अहिले कक्षा ११ मा पढिरहेको छ । मैले चटपटे बेचेर घरखर्च र छोराको पढाइखर्च चलाइरहेकी छु ।
चटपटे बिक्री गरेर दिनमा दुईरतीन सय कमाइ हुन्छ । कुनै दिन एकरदुई सय मात्रै हात पर्छ । त्यसबाट नुनतेल, साबुन र साग तरकारी किन्न पनि पुग्दैन । साग तरकारीदेखि नुन, तेल र मसला समेत गरेर दिनमै दुईरतीन सय खर्च आउँछ । दुई महिनामा एकपट खाना पकाउने ग्यास किन्नुपर्छ । चटपटे बेच्नुका साथै महेन्द्रनगरकै एयरपोर्टमा एउटा घर रेखदेखको काम पनि गर्छु । उक्त घर रेखदेख गरिदिएबापत बस्नका लागि एउटा कोठा पाएकी छु । त्यही भएर कोठा भाडा तिर्नुपर्दैन । चटपटे बेचेर यहाँकै सहकारीमा दैनिक २ सय बचत गर्छु । त्यही मेरो नाफा हो । त्यसैबाट घरखर्च र कहिलेकाहीँ छोरालाई सहयोग गर्छु ।
चटपटे बेचेर महिनामा ७र८ हजार कमाइ हुन्छ । दैनिक १ सयको तरकारी, महिनामा ४/५ हजारको नुन, तेल, लुगा धुने सर्फ, साबुन र मसला लगायतमा खर्च हुन्छ । मेरो कमँइले यसकै लागि पुग्दैन । कहिले खर्च नभएर निकै आपत् पर्छ । त्यतिबेला आफन्तसँग सापटी माग्नेदेखि सामानहरू उधारो लिन्छु । कान्छो छोरालाई ११ कक्षामा भर्ना गर्दा ५० हजार खर्च लाग्यो । त्यतिबेला आफन्तबाटै ऋण लिएँ । जेठो छोराले वेङ्ग्लोरबाट कमाइ गरेर रकम पठाएपछि बिस्तारै तिर्दैछु । अहिले पनि कापी–कलम, किताबदेखि विभिन्न खर्च चाहिन्छ । तर मसँग घरकै खर्च पुर्याउने पैसा हुँदैन । जेठो छोराले नै उसका लागि पढाइखर्च जुटाइरहेको छ ।
रासनका लागि गहुँ र धान काट्ने र स्याहार्ने बेला मजदुरी गर्छु । त्यसैबाट वर्षभरि खानका लागि धान र गहुँको जोहो हुन्छ ।कान्तिपुरबाट