धनगढी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तरगत कैलाली बहुमुखी क्याम्पसमा दुई हजार ५६ मत खसेको छ । स्ववियु निर्वाचन समितिकाअनुसार बुधबार भएको चुनावमा दुई हजार ५६ जनाले मतदान गरेका हुन् । कैलाली बहुमुखी क्याम्पसमा कुल तीन हजार पाँच सय ९० जना मतदाता रहेका थिए । मतदान सकिएसँगै सर्वपक्षीय बैठक बस्ने तयारी रहेको छ । सर्वपक्षीय बैठकले मतगणना कति बजेदेखि गर्ने रु भन्ने निर्णय गर्दै आचारसंहिता समेत बनाउनेछ ।
कैलाली बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, नेविसंघबाट विद्रोह गरेको एकता विद्यार्थी समूह, अखिल क्रान्तिकारीले स्ववियुमा प्यानलसहित उम्मेदवार अघि सारेको छ । तर अनेरास्ववियुका यमराज जोशी र नेविसंघका सन्तोश पन्तबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।