अछाम – अछाममा जन्मजात दृष्टिविहीन २१ वर्षीया महिला बलात्कृत भएकी छिन । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामारोशन गाउँपालिकाका ५१ वर्षीय चेतमान रोकायालाई पक्राउ गरेको छ । दृष्टिविहीन महिलालाई जबरजस्ती करणी गरेको उजुरी आउनेबित्तिकै रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले महिलाको स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ देखिएको बताए ।
पक्राउ परेका रोकाया पनि दाहिने खुट्टाको अपांगता भएको र महिला दृष्टिविहीन भएकाले अपांगता भएकाहरुको विभिन्न कार्यक्रममा जाने क्रममा रोकायाले डर धम्की देखाएर बलात्कार गरेको हुन सक्ने प्रहरीले बताएको छ ।