धनगढी: नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन ट्याङकर इकाई कमिटि धनगढीले दुर्घटनामा घाईते ट्याङकर चालक भोज बहादुर मल्ललाई १ लाख ४७ हजार ८ सय रकम सहयोग गरेको छ । २०८१ चैत्र ११ गतेका दिन गोदावरि नगरपालिका तेघरिमा मोटरसाईकल दुर्घटना परेका मल्ललाई आज ट्याङकर इकाई कमिटि धनगढीले सो रकम हस्तान्तरण गरेको हो । निसर्ग अस्पतालमा उपचार गरी बेड रेस्टका लागी घरमा रहेका मल्ल नेपाल–यातायात–स्वतन्त्र मजदुर–संगठन ट्याङकर ईकाई कमिटी का सदस्य समेत हुन् ।
ट्याङकर न। ना ५ ख ११६८ का चालक मल्ललाई आज ट्याङकर ईकाई कमिटी अध्यक्ष पुष्कार गुरुङको विशेष पहल तथा धनगढीका ट्याङकर चालक एवं नेपाल नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सदस्यहरुको सहयोगमा आर्थिक सहयोग गरिएको हो । गोदावरि नगरपालिका तेघरि स्थित घाईते चालकको निवासमै गएर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द, ट्याङकर इकाई कमिटी अध्यक्ष पुष्कर गुरुङ र संगठन ट्याङकर ईकाई कमिटी उपाध्यक्ष दिपक बोहराले उक्त रकम हस्तान्तरण गरेका हुन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङकर ईकाई कमिटी ले केही दिन अगाडि मात्र आफ्ना सदस्य चालक सहचालक हरुका लागि रु १ लाख वरावरको दुर्घटना विमा समेत गरेको छ । १ सय ७० जनाको दुर्घटना विमा पश्चात् पाउने सुविधाका लागि संगठनको आन्तरिक कोष बाट मजदुर चालकको भविष्य मा केही राहात पुग्ने आसाका साथ विमा गरिएको संगठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले जानकारी दिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पहलमा हाल धनगढी बसपार्कमा करिव २ सय ५० जनाको बिमा गरिएको छ । मजदुरका लागी १ लाख बराबरको दुर्घटना विमा प्रारम्भ गरिएको अध्यक्ष चन्दले बताए ।
अध्यक्ष चन्दले यातायात ब्यवसायीहरु मजदुरको शुरक्षा प्रति गम्भिर नभएका कारण उपचारमा समस्या हुने गरेको बताए । यातायात व्यवसायीहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा यातायात मजदुरलाई समेटेको भए आज यस्तो परिस्थिति नआउने उनको भनाई छ । नेपाल सरकारले श्रमिकका लागि ल्यएको सुनौलो योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा यातायात श्रमिकले जान नसक्नुनै यातायात मजदुरहरुको मुख्य चुनौति रहेको उनले बताए ।