धनगढी । माया मेट्रो हस्पिटलले सुनकुडा क्याम्पसका विद्यार्थीहरुलाई उपचारमा छुट दिने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३, चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले बझाङ को सुनकुडा क्याम्पसका विद्यार्थीहरुलाई उपचारमा १५ प्रतिशत छुट दिने भएको हो ।
हस्पिटलका निर्देशक डा मोहन साउँद र क्याम्पसका स्ववियु सभापति कपिल बिष्टबिच विद्यार्थीहरुलाई उपचारमा छुट दिने सम्झौतामा हस्ताक्षर गरेका छन् ।२०७४ साल देखि स्वास्थ्य सेवा प्रदान गदै आएको अस्पतालले छोटो समयमा विरामीको मन जित्न सफल भएको छ । हाल सम्म अस्पताल बाट हजारौ विरामीले स्वास्थ्य सेवा लिईसकेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँनले जानकारी दिए ।
अस्पतालले आर्थिक अवस्था कमजोर भएका विरामी लाई उपचारमा छुट दिनुका साथै विभिन्न पेशा ब्वसाय गदै आएका विभिन्न संघ संस्था संग पनि केहि प्रतिशत छुटको ब्यवस्था गरेको छ ।