धनगढी । कैलालीबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । आइतबार धनगढी उपमहानगरपालिका – ३ भन्सार नजिक र मिलन चोक, गोदावरी नगरपालिका – ३ चौकिडाँडा, भजनी नगरपालिका – ३ पहलवान झुलङ्गेपुलबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको हो ।
जसअन्तर्गत ३ लाख १६ हजार ९० रुपैयाँ बराबरको चिनी, सुर्ती, गुट्खा, बिडी, दाल, नरिवल, केक पाउडर, ब्रेड पाउडर, चकलेट, कस्मेटिक सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।