धनगढी । कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र प्यानल बनाएर निर्वाचन लडेका तेज मल्लको प्यानलले नेविसंघका उमेदबार सन्तोष पन्तलाई सघाउने भएको छ । कैलाली बहुमुखी क्याम्पसमा अहिले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनले माहोलले तातेको छ ।
मल्लले धनगढीमा आयोजित पत्रकार सम्मेलनबाट आफ्नो उमेदबार निश्कृय गराएको घोषणा गर्दै सन्तोष पन्तको प्यानललाई जिताउन सघाउने घोषणा गरेका छन् ।
मल्ले आफु नेविसंघकै कार्यकर्ता रहेको बताउदै केही असन्तुुष्टी भएपनि आफ्नो संगठन बिरुद्ध नभई पन्तको प्यानललाई समर्थन रहेको बताएका छन् । उनले बिज्ञप्ती जारी गर्दै संगठनमा विद्यार्थीको इच्छा बमोजिम मैले स्वतंत्रबाट सभापतिमा उम्मेदारी दिएको थिए ।
तर संगठनलाई सहयोग गर्ने गरी आजको मिती देखी नेपाल विद्यार्थी संघको सयुक्त प्यानललाई सहयोग गर्ने गरी मैले आफ्नो उम्मेदारी निश्कृय गराएको बताएका छन् । उनले विद्यार्थीलाई नेपाल विद्यार्थी संघको संयुक्त प्यानललाई मतदान गरिदिन समेत आग्रह गरेका छन् ।