बाजुरा – बाजुरामा एक पुरुष मृत फेला परेका छन । बडीमालिका नगरपालिका–९ चौराटाका ४२ वर्षीय सूर्य विष्ट बाउली खोलामा मृत फेला परेका हुन । तीन दिनदेखि सम्पर्कविहीन विष्टको शव नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र नजिकैको बाउली खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
विष्टको शवलाई पोष्टमार्टमका लागि बाजुरा जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतकका आफन्तहरूले हत्या भएको आशंका व्यक्त गरेका छन् ।