धनगढी । कैलालीमा थ्रेसरमा परेर एक महिलाको खुट्टा अलग भएको छ । गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीया कला थापाको थ्रेसरमा परेर दाहिने खुुट्टा काटिएर अलग भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा बेरिएर थापाको खुट्टाको तीघ्रादेखिको भाग अलग भएको बताए । उनको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ । थापाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।