धनगढी: चिसापानी धुलिकोट ऐतिहासिक पदयात्रा प्रतियोगिता २०८२ हुने भएको छ । नवल सिहं रावल फाउन्डेसनले सिसापानी एड्भेन्चर रिसोर्ट मोहन्याल ७ कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । सुदुरपश्चिममा आन्तरिक र बाह्य पर्यटक भित्रयाउने उदेश्यले यो पदयात्रा बैशाख १८ गते आोजना गरिन थालेको तपेन्द्र रावलले जानकारी दिए । चिसापानीलाई सुदुरपश्चिमको पर्यटन राजधानी बनामउनुपर्छ भन्ने दवाव सहित बैसाख १८ गते नेपालमै पहिलो पटक पदयात्रा गराउन लागिएको उनले बताए ।
पदयात्राले चिसापानी र धुलिकोट दरबारको थप प्रचार प्रसार हुने उनको अपेक्षा छ । प्रतियोगितामा सुदुरपश्चिम प्रदेश भरीका सांसद, स्थानिय तहका प्रमुख तथा उप प्रमुख र वडा अध्यक्ष देखी सदस्य सम्म सहभागी हुन पाउने उनको भनाई छ । पदयात्राको बिजेता पुरुष तर्फ एक लाख, महिला तर्फपनि एक लाख पुरस्कार रहेको छ । यस्तै दोश्रोलाई ५० हजार र तेश्रो लाई २५ हजार पुरस्कार राखिएको छ । सहभागिहरुका लागी फारम खुला गरिएको बताउँदै रावलले एक हजार फारम दस्तुर राखिएको बताए ।
प्रतियोगिताको लोगो लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीले सार्बजनिक गरेकी छन् । लोगोको सार्बजनिक गर्दै शाहीले यस क्षेत्रको पर्यटन विकासका लागी सबैले लाग्नु पर्ने आबश्यक रहेको बताईन् । उनले सबैले यो कार्यक्रमलाई सफल पार्न आ -आफनो ठाँउबाट लाग्नु पर्ने बताईन् ।