धनगढी । कैलालीका पत्रकारहरुले आईतबार हातमा कालोपट्टी बाधेर बिरोध जनाएका छन् । उनीहरु कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाधेर खटिएका छन् ।
पत्रकार आक्रमण र हत्याको बिरोधमा नेपाल पत्रकार महासंघ कैलालीले आह्वान गरेको थियो । सोही अनुरुप कैलालीको धनगढी, अत्तरिया, सुखड, बौनिया, लम्की र टीकापुर हातमा कालोपट्टी बाधेर काम गरिरहेका छन् ।
आईतबार बिहान पत्रकार महासंघ कैलालीका सभा हलमा एक कार्यक्रम गरि सबैलाई कालोपट्टी प्रदान गरेर बिरोध कार्यक्रमको सुरु गरिएको अध्यक्ष श्रवण देउवाले जानकारी दिए । महासंघ सभा हलमा सामुहिक रुपमा जम्मा भएर सबैलाई आन्दोलनमा सहभागि हुन आह्वन गरेका थिए ।
पत्रकार महासंघको आन्दोलनको कार्यक्रम अनुसार आईतबार कार्यक्षेत्र र कार्यकक्षमा हातमा कालोपट्टी बाध्ने, सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको महासंघ कैलालीका सहसचिव शंकर बोहराले जानकारी दिए ।