धनगढी: पछिल्लो समय नेपालमा केही छैन, बस्ने वातावरणनै भएन भन्ने भाश्यनै श्रृजना भएको छ । जता गएपनि नेपालमा केही छैन, अब सकिन्छ भन्ने कुराकानी सुनिन्छ, तर वास्तविकता बुझ्ने प्रयास निकै कम ब्यक्तीले गर्छन् । नेपालमै केही गरौँ भनेर आँटेका योगेन्द्र सिहंलाई उदाहरणका रुपमा हेर्न सकिन्छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ कान्तिपुर टोलमा डिस्कभरी इङ्लिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल हुन योगेन्द्र सिहं ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा सामान्य परिवारमा जन्मेका योगेन्द्र सिहं अहिले ३४ बर्षको भए । २०४८ साल भदौ ३ गते बुवा बृख बहादुर सिहं र आमा लक्ष्मीदेवी सिहंको कोखबाट जन्म लिएका सिहलें घरको जेठो सन्तानको रुपमा जन्म लिएका थिए । सिहं दम्पतिका दुई छोरा र एक छोरीमध्ये सिहं पहिलो नम्बरका शन्तान हुन् । गाउँ घरमै सामान्य ब्यापार गर्ने बृख बहादुर सिहंले छोरा योगेन्द्रलाई ३ बर्षकै उमेरमा बिद्यालय पठाउन खोजे । सानै उमेरदेखी बालबालिकाहरुको पठन संस्कृती बिकास गर्न सके भोलीको भविश्य सुमधुर हुने परिकल्पना गर्दै सिहंले छोरा योगेन्द्रलाई सानै उमेरमा बिद्यालय भर्ना गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाको शिद्धनाथ माध्यमिक बिद्यालयमा योगेन्द्रलाई बुवा बृखले शिसु कक्षामा भर्ना गरे । बुवा बृखले धनगढी क्याम्पसरोडमा ब्यापार शुरु गरेपछि योगेन्द्रले शिद्धनाथ माध्यमिक बिद्यालयमा कक्षा २ सम्म मात्रै अध्यायन गरे । बुवाको ब्यवसाय सगैं क्याम्पसरोड झरेका सिहलें त्यसपछि निजि बिद्यालयमा अध्यायन गर्ने अवशर पाए । तिन बर्ष सामुदायिक बिद्यालयमा अध्यायन गरेका उनलाई निजि बिद्यालयले एल।केजीमा भर्ना लियो । धनगढी क्याम्परोडमा रहेको एरिस्टो माध्यमिक बिद्यालयबाट पुन पढाई शुरु गरेका सिहंले कक्षा १० सम्म सोही बिद्यालयमा अध्यायन गरे । २०६४ सालमा एरिस्टो माध्यमिक बिद्यालयबाटै सिहंले एस।एल।सी पास गरे ।
त्यसपछि धनगढीकै ऐश्वर्या बिद्या निकेतनमा कक्षा ११ मा भर्ना भएका सिहंले १२ सम्मको पढाई सके । कक्षा १२ सम्मको पढाई सकेर कैलाली बहुमुखी क्याम्पसमा उनि स्नातक तह अध्यायनका लागी भर्ना भए । स्नातक तहको पढाई सगैं सिहं बुवाको ब्यवसायलाई पनि समय दिन थाले । बुवाले सञ्चालन गरेको सामान्य होटल, ग्याँस डिलरमा सिहंले समय दिन थालेपछि ब्यवसायपनि बढ्दै गयो । स्नातक तहमा ब्यवस्थापन सकांयनै रोजेका सिहंलाई पढाई सगैं काम गर्ने अवशर मिलेपछि अनुभवपनि बढ्दै गयो । बुवाको ब्यवसायलाई सघाउँदा ठेलामा समान बोक्नेदेखी साइकलमै भएपछि समान डेलिभरीको काम समेत उनले गरे । ब्यवसायमा लगाव बढ्दै गएपछि सिहंले नियमित कलेज समेत जान पाएनन् । स्नातक तहको चौथो बर्ष उनले नियमित पढ्नै पाएनन् । दिनमै ३ देखी ४ लाखको कारोबार हुन थालेपछि सिहं बुवाले गरिरहेकै ब्यवसायलाई निरन्तरता दिन थाले । बुवा सगैं ब्यवसायलाई उनले पुर्ण समय दिन थाले । जसको फलस्वरुप आम्दानीपनि दिनहुँ बढ्दै गयो ।
ब्यवसायमै जमेका सिहंको बिवाह गर्ने घरबाट प्रस्ताव भयो । बिवाहको उमेर समेत पुगेका सिहंले घरको प्रस्ताव सहर्ष स्वूकार गरे । २०७२ साल मंसिरमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर निवासी एलिना मल्ल सगं सिहं दाम्पत्य जिवनमा बाँधिए । निजि बिद्यालयमा अध्यापन गर्दै आएकी मल्ल सगं बिवाहपछि ब्यवसाय परिवर्तन गर्ने मनसायमा सिहं पुगे । शिक्षा क्षेत्रमा काम गरिरहेकी श्रीमतीलाई सोही क्षेत्रसगं जोड्ने योजना सहित सिहंले शैक्षिक क्षेत्रमै काम गर्ने जमर्को गरे । त्यसै बेला धनगढी ७ मनेहरामा डिस्कभरी इङ्लिस बोर्डिङ स्कुल बिक्रिमा रहेको थाहा पाए । घर सल्लाहपछि सिहंले स्कुल खरिद गर्ने योजना बनाए । करिब एक सय बिद्यार्थी रहेको स्कुललाई २०७३ साल मंसिरमा सिहंले खरिद गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको आफ्नै जमिनमा अस्थाई संरचना निर्माण गरी स्कुल सञ्चालन गर्ने योजना सहित सिहंले स्कुल स्थानान्तरण गरे ।
स्कुल स्थानान्तरण गरेपछि ४८ जना बिद्यार्थी मात्रै अध्यायनरत रहे । लामो समयदेखी अन्य ब्यवसायमा रहेका सिहंलाई स्कुल सञ्चालन गर्न निकै चुनौती थियो । कक्षा ५ सम्म सञ्चालनमा रहेको स्कुललाई स्तरोन्नती देखी बिद्यार्थी संख्या बढाउने सिहंलाई ठुलो चुनौती थियो । नयाँ पेषालाई अगाडी बढाउने चुनौतीकै बिच सिहंले सोही बर्ष स्थानियका सुझाव सगैं भर्ना अभियान सञ्चालन गरे । रात÷दिन नभनी बिद्यार्थी भर्ना अभियान सगैं बिद्यालयको भौतिक संरचना र प्रशासनिक संरचना बिकासमा लागेका सिहंले पहिलो बर्षमै सफलता हात पारे । आफ्नो मेहेनत अनुसार सिहंले स्थानियको बिश्वास जित्दै पहिलो बर्षमै २ सय २६ जना बिद्यार्थी स्कुलमा भर्ना गर्न सफल भए । यस सगैं ११ जना शिक्षक, शिक्षिका र ३ जना अन्य कर्मचारी गरी १४ जना शिक्षक कर्मचारीलाई स्कुलमा रोजगारी दिए ।
नयाँ तरिकाले सञ्चालन गर्नुपर्ने स्कुलमा आवश्यक्ता अनुसारका संरचना र सवारी साधन खरिद गर्नसक्ने स्थिती थिएन । आर्थिक अवस्थालाई मध्यनजर गर्दै स्कुलका लागी पुरानो गाडी खरिद गरेर टाढाका बिद्यार्थीलाई समेत उनले बिद्यालयमा भर्ना लिन शुरु गरे । टिनको छानामुनीबाट पठन पाठन शुरु गरेको डिस्कभरी स्कुलले एक बर्षमा निकै मेहेनत गर्नुपरेको थियो । स्कुल प्रशासन तथा शिक्षकहरुको मेहेनतले पहिलो बर्षमा स्कुलले सुखद परिणाम ल्याउन सफल भयो । पहिलो बर्षमै उत्कृष्ठ पढाई र वातावरण दिएपछि बिद्यार्थीहरुको आकर्षण बढ्दै गयो । ब्यापारी पृष्टभुमी भएका योगेन्द्र सिहंलाई स्कुल सञ्चालन गर्दा केही आरोपपनि लाग्थे । ब्यापारीले शिक्षामा पनि ब्यापारीकरण गर्ने हो की भन्ने प्रश्न उठ्थे । चुनौतीकै बिच सिहंले आम अबिभावकको बिश्वास जित्न सफल भए । धेरैका प्रश्नका बिच उनले उत्कृष्ठ स्कुल बनाउनै पर्ने थियो । र अरुभन्दा फरक ढगंबाट शिक्षा प्रणाली शुरु गर्न खोजे ।
सामुदायिक बिद्यालय जस्तै शिक्षकका लागी खुला आवेदन माग गरे । आवेदन माग गरे अनुसार निवेदन परेपछि धनगढीका प्रतिस्ठीत स्कुल सञ्चालक तथा प्राध्यापकहरुबाट शिक्षक छनौट परिक्षा सञ्चालन भयो । उहाँहरुले छनौट गरेका शिक्षकहरुलाई स्कुलले नियुक्ती दिएर आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दियो । यो प्रयासले उपलब्धी राम्रो दिदै गयो र स्कुललाई कक्षा थप्ने प्रेरणापनि जाग्दै गयो । त्यसपछि कक्षा ६ को पठनपाठनपनि शुरु भयो । कक्षा ६ सञ्चालनको अनुमती पाएसगैं पठनपाठन शुरु भयो र स्कुलमा करिब ५ सय बिद्यार्थी अध्यायन गर्न थाले । कक्षा ८ सम्मको पठनपाठन हुँदै गर्दा नगर स्तरिय कक्षा ८ को परिक्षामा डिस्कभरी स्कुल धनगढीका टप १० स्कुलभित्र पर्न सफल भयो । त्यो सफलतापछि स्कुलले कक्षा १० सम्म पठन पाठन गर्ने तयारी गरेको थियो । कक्षा ९ को पठनपाठन शुरु भएको अहिले तेश्रो बर्ष हो । गत बर्षको एस।इ।इ मा स्कुलबाट सहभागी २७ जना बिद्यार्थी मध्ये २६ जना उत्तिर्ण भए ।
स्कुलमा अहिले २९ जना शिक्षक, कर्मचारी कार्यरत छन् । स्कुलले बिभिन्नअतिरिक्त क्रियाकलाप पनि महत्वका साथ गर्दै आएको छ । जसको फलस्वरुप युएइमा स्कुलले इमर्जिङ स्कुल अफ द आवार्डपनि पाउन सफल भयो । सही नेतृत्वकै कारण स्कुलको सफलता त छदैछ, यहाँ अध्यानरत बिद्यार्थीको भविश्यपनि शुन्दर बन्दै छ । यति मात्रै होइन सिहं नेतृत्वको स्कुलले समाजकोपनि मन जितेको छ । स्कुलले शिक्षा सगैं समाजमा हुने बिभिन्न गतिबिधिमा समेत सहकार्य गर्दै आएको छ ।
आफुं सगैं क्याम्पस पढेका साथीहरु बिदेशतिर लाग्दा उनको मनपनि एक पटक बिदेशतिरै जानेकी भन्ने लागेको थियो । तर नेपालमै सम्भावना खोज्नुपर्छ भनेर सिहं साथीहरुसगं बिदेश तिर लागेनन् । उनले क्याम्पस पढ्दै गर्दा बुवाको ब्यवसायमा सहयोग गरे भने, दाम्पत्य जिवनपछि नौलो ब्यवसाय शुरु गरे । अन्य ब्यवसाय गरी एकै पटक शिक्षा क्षेत्रमा लाग्दा चुनौती थुप्रै थियो तर सिहं ति चुनौती चिर्दै सफलता तर्फ अगाढी बढ्दै गए । बिदेश गएर पैँसा त कमाइन्छ तर यि साथीभाई र समाज धेरै टाढा पुग्छ की भन्ने डरले उनलाई स्वदेशमै काम गर्ने जाँगर चल्यो । साथीहरुले यो नेपालमा केही गर्न सकिदैन जाउँ बिदेश तिर १० बर्ष बसेपछि जिवनभरी खानलाई कमाएर ल्याउन सकिन्छ त भन्नुहुन्थ्यो सिहंले भने “मैले त्यही एउटा कुरा सोच्थे बिदेशमा पैँसा त कमाउला तर आमा बुवा, मेरो समाज अनी साथीभाई त्यहाँ भेटिनुहुन्न, १० बर्षपछि स्वदेश फर्कदा न साथीभाई रहन्छन्, न आफुसगं समाजनै मैले त्यही सम्झे, बिदेसमा पैँसा कमाएर मेरो पहिचान अनी मेरो देशलाई म योगदान गर्न सक्दैन भनेर मैले स्वदेशमै केही गर्ने निधो गरेको थिए, मेरो निर्णय सही थियो र त्यसको प्रतिफल राम्रै पाएको छु ।”
आफ्नै जमिन भएका कारण शुरुमा मैले ३० लाख लगानी लगाएर स्कुल सञ्चालन गरेको थिए, अहिले १० करोडको सम्पति जोडेको छु उनले भने “मेरो मेहेनत आफ्नै देशमा काम लगाउने निर्णयले आफ्नो आम्दानीको केही प्रतिशत राज्यलाइपनि राजश्व बुझाइरहेको छु, जसका कारण आफु त खुशी छु, मेरो परिवार अनी समाजपनि म प्रति गर्व गर्छ ।” हाल मेरो स्कुलमा ६५ जना शिक्षक र अन्य कर्मचारी गरी ८४ जना कार्यरत हुनुहुन्छ, २४ लाख रकम मासिक पारिश्रमिकमा मैले खर्च गर्दै आएको छु सिहंले भने “मलाई यो समाजले दिएको जिम्मेवारी हो, यो समाजको मन मैले जिते र आफ्ना नानी बाबुहरुलाई मेरो जिम्मा लाउनुभएको छ, मैले त्यो मेहेनत गरेवाफतको शुल्क लिएको छु, र त्यसबाट यो जनशक्तीलाई रोजगार दिएको छु र राज्यलाइपनि राजश्व बुझाइरहेको छु ।”
मैले क्याम्पस पढ्ने बेला बिदेशिने लहर त थियो तर आर्थिक अभावले खाडी मुलुक तिर जाने क्रम बढी थियो सिहं भन्छन् “तर अहिलेको टे«ण्ड गलत छ, प्लस टु पास गर्ने बितिक्कै बिदेश जाने जुन लहर चलेको छ त्यो यो देश र समाजका लागी राम्रो होइन्, अहिले बाध्यता भन्दा पनि देखासिकि गरेर बिदेश जाने क्रम बढ्दो छ, यो राज्य र समाजले नरोके नेपालमा कोही नरहन सक्छन् ।” पछिल्लो समय नेपालमा केही छैन भन्ने भाश्य श्रृजना भएको छ यो एकदमै गलत हो उनले भने “नेपालमा सम्भावना छ, तर अली बढी मेहेनत गर्नुपर्छ, बिदेश जानका लागी अहिले १५–२० देखी ३५ लाख सम्म लगानी लाउँदै हुनुहुन्छ यो गलत हो, त्यो लगानी लगाएर नेपालमै मेहेनत गरे यतै स्थापित हुन सकिन्छ, म सबै युवाहरुलाई स्वदशमै केही गर्नका लागी आग्रह गर्दछु ।”
युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण श्रृजना गर्नु सरकार र सबै क्रियासिल सामाजिक संस्थाहरुको पनि दायित्व हो उनले भने “सरकारी पक्ष सगैं सिगों समाज युवा पलायन रोक्नमा गम्भिर हुनुपर्छ, बिदेश जानेनै हो भनेपनि पढेर अथवा सिप सिकेर नेपालमै फर्किनुपर्छ, हामीले आफ्नै देशमा आत्मनिर्भर बन्ने तर्फ केन्द्रित हुने हो, अरुको लहैलहमा लाग्ने होइन ।