धनगढी । कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । कैलारी गाउँपालिका–५ को मनिकापुरमा बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी चढेको नम्बर नखुलेको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि गरे तर मृतकको सनाखत भएको छैन । अन्य घाइतेहरुको सेती प्रादेशिक अस्पताल र धनगढीकै निसर्ग हस्पिटलमा उपचार भइरहेको छ । प्रहरीले विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ ।