धनगढी: कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी मञ्च गठन गरिएको छ । शनिबार विद्यालयमा बसेको पूर्व विद्यार्थी तथा सरोकारवालाहरुको भेलाले पूर्व विद्यार्थी मञ्च गठन गरेको हो ।
भेलाले ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । जसको अध्यक्षमा नारद प्रसाद भट्ट चयन भएका छन । भट्टको अध्यक्षतामा चयन गरिएको ११ सदस्यीय तदर्थ समितिमा राजन आचार्य उपाध्यक्ष, तेजबहादुर खड्का सचिव, यशोदा भट्ट कोषाध्यक्ष र जानुका बराल सहसचिव रहेका छन । यसैगरी सदस्यहरुमा ईन्जिनियरद्धय पुर्ण कुँवर र लोकराज भट्ट, राजन खड्का, दीपक बोहरा, शंकर खड्का तथा मुन्ना दमाई रहेका छन ।
भेलाले विद्यालयका प्रधानाध्यापक शिवराज जोशीको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा धर्मदेव नौन्याल, चुडामणी गजुरेल, कविराज भट्ट, प्रेमराज भट्ट, कमल कडायत, हेमराज नौन्याल, दिलिप कुमार साउँद र हरि भट्टराई रहेका छन । उक्त समितिले विद्यालयको हकहितका लागि पुर्वविद्यार्थीका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने बताइएको छ ।