धनगढी । तीनकुनेको एउटा घरमा राजावादी प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरुले सुरुमा ढुंगामुढा गरेका थिए भने पछि आगो लगाएका हुन् ।
तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् ।
प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको घटनास्थलमा रहेका नेपाल प्रेसकर्मी उमेश कार्कीले जनाएका छन् ।
घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका थिए । त्यस्तै आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए ।
आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् ।
उनीहरुले सुरुमा घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका थिए । सडकमा बालिएको टायरबाट आगो सल्केको प्रहरीले जनाएको छ ।