धनगढी । काठमाडौँको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा सहभागी भएका प्रदर्शनकारीले व्यक्तिको घरमाथि तोडफोड गरेका छन्।
तीनकुनेस्थित केही घरमा प्रदरश्नकारीले ढुङ्गा प्रहार गर्दा घरमा क्षति पुगेको छ। राजतन्त्र फर्काउनुपर्ने माग गर्दै राजावादीहरू प्रदर्शनमा उत्रिएका छन्।
प्रदर्शनका क्रममा केही समयअघि प्रहरीसँग झडपसमेत भएको थियो। प्रदर्शनकारी तीनकुनेबाट नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो।