धनगढी । तीनकुनेस्थित राजावादीको प्रदर्शनमा दुई प्रहरीसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एक वृद्ध, एक वयस्क, दुई प्रहरी, एक महिला घाइते भएका हुन् । उनीहरुको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राजावादीले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । राजतन्त्र पक्षधरले तीनकुनेमा निषेधित रेखा तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । बानेश्वरतर्फबाट भीड बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
यसअघि पनि प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । बल प्रयोग गरेपछि प्रदर्शनकारी पछि हटेको प्रहरीले बताएको थियो ।