धनगढी । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसलाई भब्य सभ्य मनाउन छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीले दिवसलाई भब्य बनाउन बिभिन्न पत्रकार संगठनका उपलब्ध नेता तथा कार्यकर्तासंग आज धनगढीमा छलफल गरेको हो ।
यही चैत्र १६ गते पत्रकार महासंघको स्थापना दिवसलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न हामी छलफलमा जुटेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
आज हामीले धनगढीमा उपलब्ध संघ÷संगठनका पत्रकार साथीहरु संग सुझाव लिएका छौ उनले भने भोली हामी राष्ट्र बैंक चोकबाट र्याली निकाल्छौ ।
र्याली पछि पत्रकार महासंघमा सबै पत्रकारको स्वास्थ्य परिक्षण पनि गरिने उनले बताए । महिला पत्रकारहरुकोे पाठेघर चेक जाँच गरिने उनले वताए ।
स्थापना दिवस लाई चार भागमा विभाजन गरेर कार्यक्रमको आयोजना गरिदैँ छ । धनगढी, टिकापुर, लम्की र सुखडमा गरी चार भागमा कार्यक्रमको आयोजना गरिने भएको हो । धनगढीमा विहान राष्ट्र बैंक चोक बाट महासंघको कार्यलय परिसरमा प्रभात फेरि निस्कने छ । यस्तै पत्रकार आचारसंहिताको विषयमा अन्तरक्रिया कार्यक्रमको समेत आयोजा गरिने भएको छ ।
यस्तै गरी सुखड, लम्की र टिकापुरमा समेत प्रवात फेरि कार्यक्रम र आचारसंहितका बारेमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिने छ । जलपान ,चियापान संगै सामान्य छलफल गरि खाना पछि छुट्रिने नेपाल पत्रकार महासंघ कैलालीका सह सचिब शंकर बोहराले जानकारी दिए ।
कैलालीमा पत्रकार महासंघको ७० औं स्थापना दिवस भब्य रुपमा मनाइदैँ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु