धनगढीः कैलालीमा एक जनाको गोठमा आगलागी भएको छ।
जिल्लाको जानकी गाउँपालिका–८ टाङटुलीका खडकसिंह बिकको गोठमा बिहिवार राति आगलागी भएको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट बिकको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ। आगलागी नियन्त्रणमा आइसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।