कञ्चनपुरः कञ्चनपुरको दुइ स्थानमा आगलागी भएको छ। भीमदत्त नगरपालिका–२ महुलिया स्थित पंकज दमाईको घर र भीमदत्त नगरपालिका–६ उदयदेव टोल बस्ने कृष्ण चन्दको घरमा बिहीवार आगलागी भएको हो।
दमाईको घरमा बिद्युतको तार सट भई आगलागी हुँदा घर र घरभित्र रहेका खद्यान्न, लत्ताकपडा, भँडाकुँडा लगायतका सामान गरी अन्दाजी मुल्य एक लाख तिन हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
यस्तै चन्दको घर आगनमा बालेको आगोवाट आगलागी हुँदा गोठमा बाँधेको एउटा भाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी हुँदा घरभित्र रहेका खद्यान्न, लत्ताकपडा, भँडाकुँडा लगायतका सामान गरी अन्दाजी मुल्य तिन लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।