धनगढी: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशन चैत्र १७ र १८ गते धनगढीमा हुँदै छ । पार्टी सुदुरपश्चिमको नेतृत्व लिन नेताहरु दौडधुपमा छन् । प्रदेशको नेतृत्व देखी केन्द्रिय सदस्य तथा पोलिट्ब्युरो सम्म प्रदेश पार्टी नेतृत्वका लागी दौडधुपमा छन् । डोटीका हर्क बहादुर सिहं, कैलालीका दीर्घ सोडारी, कञ्चनपुरका लाल बहादुर खड्का र कैलालीकै सुरेन्द्र मान कार्की आगामी अधिवेशनमा अध्यक्ष बन्न लबिङमा छन् ।
हालसम्म कसैको पक्षमा नखुलेका हर्क बहादुर सिहंले हालको नेतृत्वपनि सम्हालेका छन् । उनि फेरी एक पटक पार्टी नेतृत्व लिन लागिरहेका छन् । यस्तै पार्टी प्रदेशको उप सचिव देखी पोलिट्ब्युरो सदस्य समेत भएका पुर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारीपनि अध्यक्षको दौडधुपमा छन् । यस्तै पार्टी केन्द्रिय सदस्य एवं पुर्व मन्त्री लाल बहादुर खड्का र पार्टी कार्यालय सचिव सुरेन्द्र मान कार्की समेत अध्यक्षका लागी लबिङमा छन् ।
हर्क बहादुर सिहं कुनै गुटमा नखुलेपनि दीर्घ बहादुर सोडारी पार्टी महासचिव घनश्याम भुषाल निकट मानिन्छन् । लाल बहादुर खड्का भने अध्यक्ष माधव नेपाल सगैं महासचिव भुषाल सगं समेत ठिक्कको सम्बन्ध बनाएका नेता हुन् भने सुरेन्द्र मान कार्की केन्द्रका नेताहरुसगं ठिक्कको सम्बन्ध राखेर सुदुरपश्चिममा भने सबैले मन पराउने पात्र हुन् ।
सुदुरपश्चिममा अध्यक्ष माधव कुमार नेपालको गुट चलाउने सचिव शेर बहादुर कुँवर हुन्, भने घनश्याम भुषालको गुट दीर्घ सोडारी लगायतले चलाउने गरेका छन् । यि नेता सगैं युवा सघंका पुर्व अध्यक्ष समेत रहेका पुर्व मन्त्री नरेश शाहीले घनश्याम भुषाल र झलनाथ खनाल निकटका युवाहरुको टिम चलाउने गरेका छन् । शाही युवा माझँ लोकप्रिय नेता हुन् । समाजवादी भित्र नेता प्रत्येक गुट बन्दा नयाँ नेतृत्व चयन प्रक्रियापनि निकै जटिल बन्ने देखिएको छ । चार जना नेताहरुले अध्यक्षमै दावी गर्नुभएको छ एक नेताले भने “ति मध्ये दुई जना पक्कै चुनाव लड्नुहुन्छ होला, हर्क बहादुर सिहंले लाइन क्लियर गर्नुभएको छैन तरपनि उहाँले अघी बढ्दा उनका बिरुद्ध धेरै उभिन्छन् भन्ने लाग्दैन, यता युवा नेता दीर्घ सोडारीले महासचिव भुषाल टिमको नेतृत्व गरिरहनुभएको छ, उहाँको सम्भावनापनि उत्तिकै छ, तर सेतीमा मात्रै केन्द्रिय पदाधिकारी र सदस्य सख्यां बढी हुँदा यस पटकको नेतृत्व महाकाली दिनेकी भन्ने चर्चा पनि छ, यो हुँदा लाल बहादुर खड्काको सम्भावनापनि छ, सबैको साझा उमेद्वार युवालाई बनाउन खोजे सुरेन्द्रमान कार्कीपनि बलियो उमेदवार हुन् ।”
अध्यक्षमा चार जनाले दावी गरिरहदा सचिवमा भुवन पाठक, धन बहादुर बोहरा लगायतले दावी गरेका छन् । प्रथम अधिवेशनबाट एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव तथा ३ उप–सचिव सतिहका पदाधिकारी चुन्ने छ । अधिवेशनमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यता रहने छ ।अधिवेशनमा ९ वटै जिल्ला, प्रदेश जनसंगठन र आयोजक समिति गरी ५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ ।