बैतडी: बैतडीमा यो वर्ष चार जना थप क्षयरोगी पत्ता लागेसँगै बिरामीको सङ्ख्या १०२ जना पुगेको छ । ९८ जना पुराना र यो वर्ष थप चार जना गरि १०२ जनाको क्षयरोगीको नियमित उपचार भइरहेको छ । तथ्याङ्क अनुसार बैतडीमा गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरी १३ जनाको मृत्यु भएको छ ।
‘खोकी न सोकी क्षयरोग पो हो कि रु’ भन्दै स्वास्थ्यकर्मीको टोली क्षयरोग पत्ता लगाउन गाउँगाउँ पुग्न थालेका छन् । सामुदायमा क्षयरोगका बिरामी भए पनि आफैँ उपचारमा नआँउदा क्षयरोगी पत्ता लगाउनु टोली परिचालन गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए।