धनगढी — कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको सफल शल्यक्रिया भएको छ । धनगढी उपमहानगरपालिकाको फूलबारीका १८ वर्षीय दिनेश गिरीको शल्यक्रिया गरिएको हो । ती बिरामीलाई सेती प्रादेशिक अस्पताल धनगढीबाट रेफर गरिएको थियो । गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार गिरीको घुँडाको एसिएल इन्जुरीको शल्यक्रिया गरिएको हो । अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा। मोहन नाथ र मोहनचन्द्र जोशी तथा एनेस्थेसिया विशेषज्ञ डा. आशीष तिवारी र ओटी नर्सहरु रोशिना शाही, रेबिका विष्टको समूहले दूरबिन प्रविधिबाट शल्यक्रिया गरेको हो ।
सेती प्रादेशिक अस्पतालबाट काठमाडौं रेफर गरिएपछि काठमाडौं या भारत कता जाने भन्ने सल्लाह गरिरहेका बेला गेटामा त्यो उपचार सम्भव भएको जानकारी पाएपछि गेटामै उपचार गराएको गिरीले बताए । उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारमा संलग्न डा। नाथका अनुसार गेटामा पहिलो पटक नचिरेर गरिने उपचार विधि ९आप्रोस्कोपिक लिगामेन्ट रिकन्स्ट्रक्सन० गरिएको हो । जुन लिगामेन्टहरुको इन्जुरीको निदान तथा उपचारको आधुनिक पद्धति हो ।
मेडिकल कलेज सञ्चानलको उद्देश्यसहित करिब सात अर्बका संरचना तयार रहेको गेटामा सरकारले हाल ५० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । त्यहाँ स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि प्रतिनिधिसभामा विधेयक विचाराधिन छ ।