धनगढी । गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधी समितिबाट पारित भएको छ । बुधबार बसेको समितिको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेको हो ।
विधेयक पारित भएपछि अब प्रतिनिधीसभामा उक्त विधेयकमाथि छलफल हुनेछ । प्रतिनिधीसभाबाट पारित भएर प्रमाणिकरण भएपछि यो कानुनका रुपमा लागु हुनेछ ।
समितिले चाँडै विधेयकलाई प्रतिनिधीसभामा लैजाने तयारी गरेको छ । कानुन अभावमा निर्माण सकिएपनि ६ अर्ब बढीका भौतिक संरचना गेटामा पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।
गेटालाई मुलुककै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्ने निर्णय सरकारले गरेको छ । त्यसका लागि गेटामा अस्पताल सञ्चालनमा आइसकेका छ । गेटामा ठूला साना गरी ५३ वटा संरचना निर्माण भइसकेका छन ।