धनगढी । कैलालीको गोदावरीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका – ८ स्याउले स्कुलटोलबाट लागू औषध सहित २१ वर्षीय प्रकाश भुल र २५ वर्षीय सुनिल बम पक्राउ परेका हुन ।
मंगलबार विशेष सूचनाको आधारमा खटिएको प्रहरीले शङ्कास्पद गतिविधि गरिरहेका प्रकाशको साथबाट २०० मिलिग्राम लागू औषध हेरोइन र प्रकाशका साथी सुनिल घर कोठाबाट २ ग्राम ८० मिलिग्राम हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।