धनगढी । बझाङमा एक विद्यार्थीले एसइई परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी छन् । केदारस्यूँ गाउँपालिका–१ की अन्दाजी १६–१७ बर्षकी आकांक्षा मल्लले हिजो एसइई परीक्षा बिग्रेको भन्दै आत्महत्या गरेको खुलेको छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनी अध्ययनरत थिइन । हिजो मङ्गलवार अनिवार्य विज्ञान विषयको परीक्षा बिग्रेको भन्दै उनले यस्तो निर्णय लिएकी खुलेको छ ।
स्थानीयका अनुसार छात्राले परीक्षाफलमा असफलताका कारण ठुलो मानसिक तनाव भोगेको र गहिरो निर्णयमा पु¥याएको अनुमान गरिएको छ। बिहान परीक्षा दिएर घरमा आएकी उनी साँझ ५ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन