धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि ११ विद्यार्थी संगठनहरुले संगठन दर्ता गरेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा चैत २७ गते निर्वाचन हुने गरी तयारी अगाडी बढेसँगै आज संगठन दर्ता गरिएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस मध्ये कैलाली बहुमुखी क्याम्पसमा पनि स्ववियुको तयारी अगाडी बढेको छ । आज दर्ता गरिएका संगठनमा नेपाल विद्यार्थी संघ पहिलो स्थानमा दर्ता गरिएको छ ।
यस्तै क्रमसः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन , अखिल नेपाल विद्यार्थी युनियन ९समाजवादी ०, स्वतन्त्र विद्यार्थी एकता समूह , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी०, अखिल क्रान्तिकारी, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल , अखिल ९क्रान्तिकारी बैध० र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन ९छैठौं०ले संगठन दर्ता गरेका स्ववियु निर्वाचन अधिकृत कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सह क्याम्पस प्रमुख तर्कराज भट्टले जानकारी दिए ।