धनगढी । कैलालीको गोदावरीमा सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। गोदावरी नगरपालिका–२ तेघरी आर्मी ब्यारेक नजिक सुदूरपश्चिम प्रदेश ०१–००७ प ९२८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका–२ तेघरी बस्ने मनोजबहादुर मल्ल र दार्चुलाको मालिकार्जुन गाउँपालिकाकी सुनीता बोहरा घाइते भएका इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ।
घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।
यस्तै, गोदावरी नगरपालिका–५ गेटा मेडिकल कलेज नजिक सुदूरपश्चिम प्रदेश०२००१ ज ०५४९ नम्बरको विङ्गरलाइ सुदूरपश्चिम प्रदेश०१–०१२ प ९९२१ प ९९२१ नम्बरको मोटरसाइकले पछाडीबाट ठक्कर दिँदा ४० र ४५ वर्षीय २ परुष घाइते भएका प्रहरीले जनाएको छ। घाइते दुबै जनाको नवजिवन अस्पताल धनगढीमा उपचार भरहेको जनाइएको छ।