धनगढी । कैलालीको धनगढीमा मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ९रिस्ट० को आयोजनामा संवाद कार्यक्रम आयोजना गरिएको हो ।
संवाद कार्यक्रममा प्रदेश सभा सदस्य रक्षा महरा, राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम अध्यक्ष प्रकाश दत्त भट्ट, प्रहरी निरीक्षक पदम राज पन्त, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया र नागरिक समाज गैसस महांसघ कैलालीका उपाध्यक्ष विनोद कडाराको सहभागिता रहेको थियो । संवाद कार्यक्रमको सहजीकरण माया गुरुङले गरेकी थिइन ।
संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले मानव बेचबिखन अन्त्यका लागि सबै निकायको हातेमालो आवश्यक रहेको बताएका थिए । पछिल्लो समय प्रविधिको विकास सँगै मानव बेचबिखनको पनि स्वरूप फेरिएकाले मानव बेचबिखन नियन्त्रणका क्रियाकलाप पनि सोही अनुसार परिमार्जन गर्न जोड दिइएको थियो । कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि, शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।