धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’लाई धनगढीको होटेल डिभोटीले साथ दिएको छ । होटेल डिभोटीले हस्पिटालिटी पार्टनरको रुपमा अवार्डलाई साथ दिएको हो । होटेल डिभोटीका प्रबन्ध निर्देशक ज्ञानेन्द्र गुप्ता र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझाले प्रायोजक सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
प्रबन्ध निर्देशक गुप्ताले सामाजिक उत्तरदायित्व बहन गर्दै खेलकुद क्षेत्रलाई सहयोग गरेर साथ दिएको बताए । उनले आगामी दिनहरुमा पनि खेलकुद क्षेत्र र खेलाडीहरुका लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
चैत १९ गते कैलालीको धनगढीमा हुने कार्यक्रममा आठ विधामा अवार्ड प्रदान गरिनेमा यसअघि वर्ष खेलाडी महिला, सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी महिलाको मनोनयनमा खोखोकी मानमती धामी, कबड्डीकी मानमती बिष्ट र बक्सिङकी स्वस्तिका तिरुवा परेका छन् ।
वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् ।
सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । अब वर्ष खेलाडी पुरुषको मात्रै मनोनयन सार्वजनिक गर्न बाँकी छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपीए०को मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका, पुनरवास नगरपालिका, परशुराम नगरपालिका, कृष्णपुर नगरपालिका, कैलारी गाउँपालिका तथा धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् । अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल, निसर्ग अस्पताल र बिवाइडी मोटरले पनि प्रायोजकका रुपमा साथ दिएका छन् । यस्तै इन्टरनेट पार्टनरका रुपमा भायानेट जोडिएको छ ।
एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः होटेल डिभोटीको साथ
एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः होटेल डिभोटीको साथ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु