धनगढी । कैलालीको धनगढीमा ट्यांकरले ठक्कर दिँदा गोदावरीकी एक युवतीको मृत्यु भएको छ । आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सुपप्र ०१००१ प २२११ नम्बरको ट्यांकरले साइकल यात्री गोदावरी नगरपालिका – ८ बस्ने २१ वर्षीया पार्वती खड्कालाई ठक्कर दिएको थियो ।
ट्यांकरको ठक्करबाट घाइते भएकी खड्काको सोमबार बिहान उपचारका क्रममा धनगढीकै माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले ट्याङकर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।