धनगढी । बझाङमा तिन दिन सम्म बजार अनुगमन गर्दा २ लाख ७५ हजार मुल्य बराबरका अखाद्य बस्तुहरु र पिय पदार्थ बरामत गरी नष्ट गरेको छ । सदरमुकाम चैनपुरमा एउटै पसल बाट १ लाख ३५ हजार मुल्य बराबरका मिरिन्डा र पेप्सी नष्ट गरेको हो । उपभोत्ताहरु र खुद्रा ब्यापारीहरुले दिएको सुचनाका आधारमा हाम्रो टेड्रस लगायतका अन्य पसलहरुको गोदाममा चेकजाँच गर्दा एकै दिन १ लाख ३५ हजार मुल्य बराबरको म्याद नाघेका पिय पदार्थहरु फेला पारेर नष्ट गरेको घरेलु तथा साना उद्योग कार्यालय बझाङका कार्यालय प्रमुख मान बहादुर धामीले जानकारी दिए । कार्यालयमा धामी आएपछी बजार अनुगमनले निरन्त्रता पाएको छ । घरेलु तथा साना उद्योग कार्यालयको सक्रियतामा पछिल्लो समय बजार अनुगमन भै रहेको छ ।
यस्तै शुक्रबार र शनिबार सदरमुकाम चैनपुर, सिमखेत, पक्किपुल, बसपार्क र दौलिचौर टोलमा आदी ठाउँ रहेका विभिन्न खुद्रा र होलसेल पसलहरुमा अनुगमन गर्दा १ लाख ४० हजार मुल्य बराबरका अखाद्य बस्तुहरु र पिय पदार्थ बरामत गरी नष्ट गरेको धामीले बताए । सदरमुकाम चैनपुर तथा अन्य साना बजारहरुमा रहेका होलसेल ब्यापारीहरुले म्याद सकिन लागेको र म्याद समाप्त भैसकेका सामानहरु र पिय पदार्थ ग्रामीण बस्तिहरुमा विक्री गर्ने गरेको गुनासो आउन थालेपछी बजार अनुगमनलाई तिब्रता दिएको उनले बताए ।
यसरी पटक पटक अनुगमन गर्दा आम उपभोत्ताहरु पनि सचेत हुने र ब्यापारीहरु समेत सजक हुने भएका कारण घरेलु तथा साना उद्योग कार्यालय बझाङले पटक पटक बजार अनुगमन गर्दै आएको बताए । आफु घरेलुमा आई सकेपछी बजार अनुगमन संग संगै अन्य कामहरुलाई पनि तिब्रता दिएको बताए ।
प्रहरी निरिक्षक ईन्स्पेटर लोकेन्द्र सिहँ ठगुन्नाले ठुला र होलसेल ब्यापारीहरुले सामानको म्याद समाप्त हुने समयमा सामानहरु र पिय पदार्थ खुद्रा ब्यापारीहरुलाई भिडाउने गरेको अनुगमनका क्रममा पाईएको जानकारी दिए ।