धनगढी । कैलाली र कञ्चनपुरबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन् । आइतबार कैलालीको चुरे र कञ्चनपुरको वेदकोटबाट लागू औषध सहित ४ जना पक्राउ परेका हुन ।
कैलालीको चुरे गाउँपालिका–३ टेडी बजार नजिक भीमदत्त राजमार्गमा डोटीको बडीकेदार गाउँपालिका–२ बस्ने २७ वर्षीय गोपालबहादुर सलामीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ९७९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ७० ट्याबलेट टेपेन्टडोल फेला पारी उक्त ट्याबलेट, मोटरसाइकल र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय मिलन मास्के मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै वेदकोट नगरपालिका–८ भासिबाट सोही ठाउँ बस्ने २३ वर्षीय अबिषेक डगौरा र २४ वर्षीय सुनिल डगौरा खैरो हेरोइनसहित पक्राउ परेका छन् । दुवै जनालाई ०।३३ ग्राम खैरो हेरोइनसहित लागू औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।